चलचित्र कुम्भ करण १७ गतेबाट सार्वजनिक

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट
  •  रबिन शर्मा

बैशाख १७, काठमाडौं । आकाश पल इन्टरटेर्मेण्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘ कुम्भकरण ” को अफिसियल फस्लुक २ पोस्टर सार्वजनिक भएको छ ।

सार्वजनिक २ पोस्टरमा गौरब पहाडीलाइ अरु चलचित्रमा भन्दा अलि भिन्न रुपमा प्रस्तुत गरिएको छ भने गौरब संगै पोस्टरमा भोलाराज सापकोटा ,निशा अधिकारी र अभय बराललाइ देखाईएको छ । पोस्टरमा देखाईए अनुसार नायिका निशा अधिकारी शिक्षिकाको रुपमा प्रस्तुत भएकी छिन भने गौरब पहाडीपनि शिक्षककै रुपमा देकाईएको छ । आउदो जेस्ठ १७ गतेलाई प्रदर्शन मिति तय गरिएको यस चलचित्रको ” कुटु कुटु ” बोलको पहिलो गीत सार्वजनिक भएको थियो । जसमा चलचित्रको मुख्य कलाकार नायिका निशा अधिकारी र गौरब पहाडीलाइ फिचर गरिएको थियो भने उक्त गीतले बाजारमा निकै चर्चा तथा परिचर्चा बटुलेको थियो । सस्पेन्स कमेडी अनि प्रेम कथामा आधारित यस चलचित्रमा दिपक ओलीको निर्देशन रहेको छ भने चलचित्रमा महेश दवाडीको पटकथा सम्बाद रहेको छ ।

चलचित्रमा नायिका निशा अधिकारी ,गौरब पहाडी, भोलाराज सापकोटा , अभय बराल, प्रमोद अग्रहरी , आकाश पल, कुलदिप अधिकारी , कमल गाउले , प्रतिभा छेत्री र सुधब थापाको अभिनय रहेको छ । चित्र बहादुर घर्ति मगर र क्षितिज बस्नेतको निर्माण रहेको यस चलचित्रमा सह निर्माताको रुपमा गिर प्रसाद घर्ति मगर र विजय श्रेठ रहेको छ भने कार्यकारी निर्मातामा रोम ओली र चुपनिधि रिजाल (अरुण ) रहेका छन ।

चलचित्रमा गोबिन्द मधुर आचार्यको संगीत , कोरियोग्राफीमा सुनिल बसेल रहेका छन । चलचित्रलाई हरि घले लामाले खिचेका छन भने सम्पादन मिलन श्रेष्ठको रहेको छ । चलचित्रलाइ रिच इन्टरटेर्मेण्टका करन श्रेष्ठले वितरण गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस