सल्यानमा ४ दिनदेखि बेपत्ता भएका शिक्षक मृत अबस्थामा फेला

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १७, सल्यान । सल्यानमा ४ दिनदेखि बेपत्ता भएका एक शिक्षक मृत अबस्थामा फेला परेका छन् ।

बैशाख १४ बिहानदेखि बेपत्ता भएका शारदा नगरपालिका १४ माल्नेटा तुसारेका अन्दाजी ५० बर्षीय दिल बहादुर गिरी आज बिहान मृत अबस्थामा फेला परेका हुन् । माल्नेटाको पानेखोलामा रहेको लक्ष्मी आधारभुत विद्यालयमा शिक्षक समेत भएका उनी घरबाटै वेपत्ता भएको भन्दै प्रहरी, परिवार र आफन्तहरुले तिव्र खोजी गरेका थिए ।

चार दिनसम्म खोजि गर्दा उनलाइ घरदेखि नजिकैको भिरमा मृत अबस्थामा स्थानीयले मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरी शव फेला परेपछि घटना स्थल पुगेको छ । यसबारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी विरेन्द्र बहादुर शाहीले बताएका छ ।

प्रतिक्रिया दिनुहोस