कांग्रेसबाट निर्वाचित मेयर सन्तोष मेहता नेकपामा प्रवेश

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १७, रौतहट । रौतहटको इशानाथ नगरपालिकमा कांग्रेसका तर्फबाट निर्वाचित भएका मेयर सन्तोष मेहता मंगलबार बिहान नेकपामा प्रवेश गरेका हुन ।

नेपाली कांग्रेसले देशमा विकृति र भ्रष्टाचारमात्र संस्थागत गरेको भन्दै मेयर मेहता नेकपा अध्यक्ष प्रचण्डको हातबाट टीका थापेर मंगलबार बिहान नेकपामा प्रवेश गरेका हुन ।

नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहको मध्यस्ततामा मेयर मेहता नेकपामा प्रवेश गरेका हुन । उनले अब नेकपाको राष्ट्रिय समृद्धिको यात्रमा हरतरहले सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन ।

प्रतिक्रिया दिनुहोस