कैलालीमा ट्रकले ठक्कर दिँदा एकजना कलेज पढ्ने विद्यार्थीको मृत्यु , स्थिती तनावपुर्ण

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १७, कैलाली । कैलालीमाआज बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ९२३३ को ट्रकले ठक्कर दिँदा एकजना कलेज पढ्ने विद्यार्थीको मृत्यु भएपछि सुरु भएको प्रदर्शनले उग्र रुप लिएको छ ।

लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा सुनीता रावलको मृत्यु भएपछि सुरु भएको प्रदर्शनले लम्की बजार तनावग्रस्त बनेको हो । प्रदर्शनकारीले बजार क्षेत्रमा तोडफोड गर्नुका साथै प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए भने प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रहरीले लाठी चार्ज गरि दर्जनौं सेल अश्रु ग्यास हानेको थियो । प्रदर्शनका क्रममा केही प्रहरी र स्थानीय घाइते भएका छन् ।

स्थिति नियन्त्रण बाहिर जान नदिन रप्रदर्शन नियन्त्रणमा लिन सशस्त्र प्रहरी र नेपाल प्रहरी व्यापक मात्रामा प्रहरी परिचालन गरिएको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले बताए ।चालकको लापरवाहीले ज्यान गएकाले दोषीमाथि कारबाही गर्नुका साथै मृतकको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग प्रदर्शनकारीहरुको छ ।

प्रतिक्रिया दिनुहोस