जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १६, भोजपुर । ६७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर नगरपालिका-२ बस्ने ४५ वर्षीय दोर्ची शेर्पालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

दोर्चीले ती महिलालाई सोमबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस