प्रभु साहकी पत्नीसहित दुई मेयर र पाँच उपमेयर पार्टीबाट निष्कासित

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १६, काठमाडौं । एमाले ओली समूहतिर लागेको भन्दै रौतहटका दुई मेयर र पाँच उपमेयरलाई नेकपा (माओवादी केन्द्र)ले पार्टीबाट निष्कासन गरेको छ । स्थानीय तह निर्वाचनमा माओवादीबाट विजयी उनीहरु एमालेको राजनीतिक गतिविधिमा संलग्न रहेकाले पार्टीको विधान र राजनीतिक दल सम्बन्धी ऐनअनुसार कारबाही गरिएको हो ।

पार्टीको प्रदेश समिति सदस्य रहेका नगर प्रमुखहरु मौलापुरमा रिनाकुमारी साह र कटहरियाका सियाराम कुशवाहालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको माओवादीले जनाएको छ । यस्तै, उपप्रमुखहरु मौलापुर नगरपालिकाका गौरीशंकर प्रसाद जयसवाल, फतुवाविजयपुरकी कान्तिदेवी महतो, देवाही गोनाहीकी परनियादेवी पटेल, माधवनारायणकी सिमलकुमारी साह र यमुनामाइ गाउँपालिका उपाध्यक्ष गीतादेवी साहलाई पार्टीबाट निष्कासित गरेको माओवादी केन्द्रका रौतहटले जनाएको छ । उनीहरुलाई पदबाट मुक्त गरिदिन निर्वाचन आयोगलाई पत्राचारसमेत गरेको छ ।

मौलापुर नगरपालिकाको नगर प्रमुख रिनाकुमारी साह प्रभु साहकी पत्नी हुन ।

प्रतिक्रिया दिनुहोस