एसएसपी सिंहको कडा एक्सन सुरु नयाँ बसपार्कमा नियम बिपरित सिमकार्ड बिक्री गर्ने २ जना पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट
  •  सागर थापा

काठमाडौं महानगरीय प्रहरी अपराध महाशाखाले नेपाल टेलिकम र एसेलनका सिमकार्डहरू अनधिकृत रुपमा बिक्री गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

अपराध महाशाखाका अनुसार पक्राउ पर्नेमा दोलखा जिल्ला बैतेश्वर गाउँपालिका वडा नम्बर ३ घर भई बालाजुमा बस्ने दिलबहादुर खत्री र सोही ठाउँका राजकुमार दाहाल छन् । उनीहरूलाई महाशाखाबाट खटिएको टोलीले गंगबु बसपार्कबाट बिहीबार पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ । खत्री र दाहालले संयुक्त रुपमा सञ्चालन गरेको इलेक्ट्रोनिक्स पसलमा खानतलासी लिने क्रममा नेपाल टेलिकमका १० थान, एनसेलको २६ थान सिमकार्ड फेला परेको महानगरीय अपराध महाशाखाका प्रहरी प्रमुख एसएसपी धिरज प्रताप सिंहलेले जनाकारी दिएका छन । खत्री र दाहालले ग्राहकहरूको पहिचान खुल्ने कुनै पनि कागजात तथा रेकर्ड नराखी सिमकार्ड बिक्री वितरण गर्ने गरेको सूचनाका आधारमा प्रहरीले पसलमा छापामारेको थियो ।

अनधिकृत रुपमा बिक्री वितरण गरिएका सिमकार्डहरू आपराधिक गतिविधिमा प्रयोग भएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।पक्राउ परेका खत्री र दाहाललाई दुरसञ्चार ऐनअन्तर्गत जिल्ला अदालत काठमाडौंबाट बिहीबार सात दिनको म्याद थप गरिएको छ ।

प्रतिक्रिया दिनुहोस