अमित बाबुको सङ्गितमा सजिएको मार्मिक लोकदोहोरी गित ‘मुटु चोइटा चोईटा’ सार्वजनिक भिडियो सहित

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

वैशाख १६,काठमान्डौ। गायक तथा सर्जक अमित बाबु रोकायको सङ्गितमा सजिएको नया लोक दोहोरी गित मुटु चोइटा चोईटा शोमबार बजारमा आएको छ ।

सधै जसो बियोगान्त तथा मार्मिक गितको सिर्जन गर्ने गाएकको रुपमा दर्शक सामु परिचित भएका सर्जक अमितले पुन निकै मार्मिक गित मुटु चोइटा चोईटामा सङ्गित भरेका छन् ।

मुटु चोइटा चोईटा बोलको गितमा जिबन छन्त्याल र क्रुश बाबु छिनालको सयुक्त सब्द रहेको गितमा अमित बाबु रोकायले निकै परिश्रम गरेर दम्दार सङ्गित भरेका छन भने लोक दोहोरी क्षेत्रमा राज गर्दै आउनु भएकी निकै चर्चित गायिका बिष्णु माझी र क्रुश बाबु छिनालको आवाजमा सजिएको छ ।

मायामा धोका खाने प्रेम जोडीहरुको पिडालाई समिटियर गित तयार गरिएको छ ।

मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको मुटु चोइटा चोइटा गितको एरेन्ज तथा मिक्सिङ् खड्क बाजुरालिको रहेको छ भने गितको रेकर्ड राजेन्द्र बाजुराली र बिमल छिनालले गरेका छन् ।

सारिका के.सी र मिलन छेत्री दम्दार अभिनयमा रहेको भिडियोको सम्पादन दिपक बिष्टले गरेका छन् भने छयाङ्कन अजय रेग्मिको रहेको भिडियोमा निर्देशन चर्चित भिडियो निर्देशक काजिश श्रेष्टले गरेका हुन् ।

मुटु चोइटा चोईइटा गितमा सुर्य विनायक फिल्मस् प्रा.लि को दृस्य निर्माण रहेको गित बुर्तिवाङ्ग म्युजिक प्रा .ली ले बजारमा ल्याएको हो ।

भिडियो हेर्न तलको लिङ्क क्लिक गर्नुहोस :

https://www.youtube.com/watch?v=HNdxWhm5Do8

 

 

 

प्रतिक्रिया दिनुहोस