काठमाडौंको जडिबुटिबाट रोल्पाका पुस्कर बुढा सहित ४ जना लागूऔषध सहित पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट
बैशाख १५, काठमाडौं । काठमाडौं महानगरपालिका-३२ जडिबुटीस्थित सडकबाट रोल्पा, रोल्पा नगरपालिका-२ घर भएका १९ वर्षीय पुष्कर बुढा र रुपन्देही गैडहवा गाउँपालिका-७ घर भएका २२ वर्षीय राधेश्याम चौधरीलाई नियन्त्रित लागूऔषध नाइट्राजेपाम ३ सय ७५ ट्याब्लेट सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै  ललितपुर, गोदावरी नगरपालिका-३ चौखेल बस्ने १८ वर्षीय सुरज रोक्का र सप्तरी घर भएका २१ वर्षीय राकेश ठाकुरलाई नियन्त्रित लागूऔषध ट्रमा ट्याब्लेट ८ पिस र स्ट्राकल ट्याब्लेट ३ पिस सहित आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई लागूऔषध सहित पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस