गाडीको ठक्करले लाखौ मुल्यका कुखुरा मरे

Khabar24Nepal Author Logo..
खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

बैशाख १५ मुगु । मुगुका लागि नेपालगञ्ज बाट ल्याईएका कुखुरा बिच बाटोमै मरेका छन् । जिल्लाको मुगुम कार्माराङ गाउपालिका–९ का लागि ल्याईएका ३ हजार ७ सय कुखुरा मध्ये ५ प्रतिशत कुखुराहरु सम्बन्धित स्थलमा नपुग्दै बिच बाटोमै मरेका हुन् ।

जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुको आर्थिक सहयोगमा सो कुखुरा ल्याईएका छन् । स्थानीय लागत साझेदारी कार्यक्रम अन्तर्गत कार्यालयको जम्मा २० लाखको लागतमा मुगुम कार्मारोग गाउँपालिका वडा नम्बर ९ का किसानका लागि वितरण गर्न ल्याइएका कुखुरा कालिकोटको शेरा बाडा भन्ने स्थानमा एक आपसमा सवारी ठोक्एिर बीच बाटोमै केही कुखुरा मरिसकेका थिए भने बाचेका अन्य कुखुरा यहा मुगु पुगुन्जेलसम्म मरेको जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुका कार्यालय प्रमुख भिम चन्द्र बुढाले बताए । उनका अनुसार ति मध्ये के कति कुखुरा मरेका छैनन उत्ति नमरेका कुखुरा किसानले लिन चाहे भने वितरण गरिने बताए । प्राविधिक कारणले गर्दा बिच बाटोमै सवारी साधन बिग्रिएका हुनाले थप समस्या आएको हो ।

कार्यालयको आर्थिक वर्ष २०७७÷७८ को स्थानीय लागत कार्यक्रम अन्तर्गत कार्मारोग गाउपालिकाको वडा नं ८ र ९ का समुदायको माग अनुसार जम्मा ३ सय ९८ घरधुरी लाई वितरण गर्नु पर्ने हो । कुखुरा विकास फर्म खजुराबाट आएका लोकल, लेयर्स र गिरिजात गरि ३ जातका कुखुरा १२ गते राति सो स्थान बाट मुगुका लागि छुटेका थिए । र १२ गते विहान कालिकोटको शेरावाडामा १५ सय बढि मात्रामा चल्ला बोकेको सवारी चिप्लिदाँ त्यो भन्दा अगाडीमा रहेको २०६७ नम्वरको सवारी लाई ठक्कर दिदा १ सय भन्दा बढि कुखुरा त्यहि स्थानमा मरेको बताए ।

यता स्थानीयका अनुसार कुखुरा पालन बाट ब्यावसायि फस्टाउने सोच राखेका किसानहरुको ईच्छा पुर्ण बिराम लागेको छ । रोजगारीको मुहार देखेका किसानहरुको सपना बिलाएको छ ।

प्रतिक्रिया दिनुहोस