निर्वाचन ‘मनि’ले नभई ‘माइन्ड’ले चल्ने: प्रमुख निर्वाचन आयुक्त थपलिया

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

बैशाख १५, काठमाण्डौ । संवैधानिक परिषद्को सिफारिशमा २०७६ बैशाख ६ गते निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदमा नियुक्त दिनेशकुमार थपलियालाई मनोहरा विद्यानगर सेवा समाजले अभिन्नदन गरेको छ । प्रमुख विर्नाचन आयुक्त थपलियालाई प्रमुख अतिथि एवं अध्यक्षबाट संयुक्तरुपमा अभिन्नदपत्र प्रदान गरिएको हो ।

कार्यक्रमा प्रमुख अतिथि पूर्व नायव महान्याधिवक्ता एवम वरिष्ठ अधिवक्ता सूर्यप्रसाद कोइरालाले उहाँको क्षमता र कामप्रतिको निष्ठालाई कदर गर्दै राष्ट्रले ठूलो जिम्वेवारी दिएकाले त्यसलाई निरन्तरता दिई देशमा सुसासन कायम गर्ने सफल हुन शुभकामना दिनुभयो ।

प्रमुख निर्वाचन आयुक्त थपलियालले पैसा भएकाले चुनाव जित्ने तर इमान्दारिता र निष्ठा भएको उमेदवारले पैसा नभएका कारणले हार्ने प्रवृतिको अन्त्य गर्दै निर्वाचन ‘मनि’ ले नभई ‘माइन्ड’ ले मात्र चल्ने वातावरण सिर्जना गर्नेतर्फ आफु केन्द्रित हुने बताउनुभयो । उहाँले निर्वाचनमा तलमाथि भएको ठाउँमा भ्रष्टाचारको मात्र बढने भएकाले स्वतन्त्र निष्पक्ष निर्वाचन बनाउने आफनो प्रयत्न रहने बताउनुभयो ।

सेवा समाजका अध्यक्ष रामशरण बोहराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष भरतकुमार बस्नेतले स्वागत मन्तब्य राख्नु भएको थियो । त्यस्तै महासचिव नारायणप्रसाद नेपालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा थपलियालाई सेवा समाजलगायत विभिन्न संघ संस्थाका प्रतिनिधि, टोलवासी, जेष्ठ नागरिकहरुको तर्फबाट बधाई तथा शुभकामना व्यक्त गरिएको थियो । कार्यक्रम कर्मचारी संचय कोषका प्रमुख अतिथि तुलसीप्रसाद गौतम , कलाकार जितु नेपाल, सामुदायिक सशक्तिकरण तथा खेलकुद विकास केन्द्रका अध्यक्ष वीरेन्द्र खड्का लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस