साझा प्रकाशन, नेपालगंजका मुन्नी बस्नेतको शैक्षिक प्रमाणपत्र नक्कली

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १२, बाके । साझा प्रकाशन, क्षेत्रीय कार्यालय नेपालगंजमा सहायक द्वितीयस्तर पदमा कार्यरत नेपालगञ्ज १३, बाँके बस्ने मुन्नी बस्नेतको शैक्षिक प्रमाणपत्र नक्कली पाइएको छ ।

नक्कली शैक्षिक प्रमाणपत्र छानबिन गरी कानून बमोजिम कारबाही गरी पाउँ भन्ने व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा सरकारी सेवाको माथिल्लो पदमा प्रवेश गरी लाभ लिने मनसायले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश, क्षेत्रीय कार्यालय, वाराणसी भारतबाट इण्टर परीक्षा उत्तीर्ण गरेको झुट्ठा शैक्षिक योग्यताको प्रमाण पत्र पेश गरेको हुन ।

उनले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस