मालपोत कार्यालयका कर्मचारी घुस रकम सहित नियन्त्रण

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १२, रूपन्देही । मालपोत कार्यालय रूपन्देही, भैरहवाको तामेली शाखामा कार्यरत कार्यालय सहयोगी जोगेन्द्र प्रसाद चौधरीले सेवाग्राहीसगं घुस लिदालिदैं पक्राउ परेका छन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिइ गएको टोलीले उनलाई रू २० हजार घुस बापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो । सेवाग्राहीले निबेदन मार्फत सुकुम्वासी समस्या समाधान आयोगको निर्णय प्रतिलिपि माग गरेकोमा सो सम्बन्धी मिसिल खोजी प्रतिलिपी उपलब्ध गराउने प्रयोजनको लागि घुस रिसवत माग गरिरहेको भन्ने सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस