पौडीकी गौरीका सिंहले जितिन् एक दर्जन स्वर्ण

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १२, बाँके । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता अन्तर्गत पौडी खेलकी नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी गौरीका सिंहले १२ स्वर्ण पदक जितेकी छिन् । सिंहले प्रतियोगिताको अन्तिम दिन बुधबार नयाँ राष्ट्रिय कीर्तिमानका साथ चार स्वर्ण जितेकी हुन ।मंगलबारसम्म उनले ८ स्वर्ण जितेकी थिइन् ।

गौरीकाले ५० मिटर फ्रिस्टाइल २७ दशमलव ५९ सेकेण्डमा पूरा गरिन् । यस अघि उनले सो दूरी २७ दशमलव ८१ सेकेण्डमा पूरा गरेकी थिइन् । उनले एक सय मिटर ब्याकस्ट्रोकमा नयाँ राष्ट्रिय कीर्तिमानका साथ स्वर्ण पदक जितेकी छन ।

उनले सो दूरी एक मिनेट आठ दशमलव ६२ सेकेण्डमा पूरा गरिन् । यस अघि गौरीकाले सो दूरी एक मिनेट नौ दशमलव ३० सेकेण्डमा पूरा गरेकी थिइन् । महिला दुई सय मिटर व्यक्तिगत मिड्लेमा आफ्नै नाममा रहेको दुई मिनेट ३२ दशमलव ५१ सेकेण्डको रेकर्डमा सुधार गर्दै सो दूरी दुई मिनेट ३२ सेकण्डमा पूरा गरेकी हुन् । उनले महिला चार गुणा एक सय मिटर रिलेमा समेत स्वर्ण पदक जितेकी हुन् ।

प्रतिक्रिया दिनुहोस