तनहुँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ९, तनहुँ– बसको ठक्करबाट सोमबार तनहुँ कास्की पुम्दीभुम्दी–१ निवासी ३१ वर्षीय सन्दिप कुँवरको  मृत्यु भएको छ । बसको ठक्करबाट गम्भीर घाइते कुवँरको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

पोखराबाट दमौली आउँदै गरेको प्रदेश ३–०२–००१ प.६०३५ नं को मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको ना ६ ख ८४१० नं को बसले पृथ्वी राजमार्गमा ठक्कर दिँदा दुर्घटना भएको हो । मोटरसाइकलमा पछाडि सवार पोखरा महानगरपालिका–७ माझफाँट निवासी सिर्जना राउतको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारको लागि पोखरा मणिपाल शिक्षण अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस