दाङमा सवारी दुर्घटना हुदा १ को मृत्यु २ घाइते

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ९ , दाङ । दाङको लमही नगरपालिका–७, बनघुस्रीस्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ९१६७ नंको ट्रकमा सोही दिशाबाट आउँदै गरेको रा ३ प ७९५ नंको मोटरसाइकल पछाडिबाट ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा लमही नगरपालिका–७, उचानिम्बु बस्ने २२ वर्षीय लालु चौधरीको मृत्यु भएको छ । चौधरीको दाङको लमही अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।३ जना सवार उक्त मोटरसाइकलमा १६ वर्षीय आशिष चौधरी र लमही नगरपालिका–३ मजगाउँ बस्ने १३ वर्षीय प्रकाश घर्तीमगर घाइते भएका छन् । उनीहरुको बाँकेस्थित मेडिकल कलेज कोहलपुरमा उपचार भईराखेको छ । ।

प्रतिक्रिया दिनुहोस