धादिङको बेनिघाटमा यात्रुबाहक बस दुर्घटना : घटनास्थलमा नै एक को मृत्यु

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ८, धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ सलाङघाटमा यात्रुबाहक बस दुर्घटना हुदाँ एक जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।

आइतबार बिहान काठमाडौँ देखि गोरखाको मनकामना दर्शक गर्न जाँदै गरेको बा ४ ख १४१५ नम्बरको बस आभेरट्याक गर्ने क्रममा सडकबाट खसेको प्रहरीले जानकारी दिए।

दुर्घटनामा घाईतेहरुको उद्धार कार्य भइरहेको इलाका प्रहरी कार्यलय गजुरीका इन्पेक्टर नवराज ढुङगेलले जानकारी दिए। बसमा ३० जना भन्दा बढी यात्रु रहेको उनले बताए। मृतकको सनाखत हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस