तीन दिन देशैभरी मौसममा आंशिकदेखि सामान्य बदली हुने

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

बैशाख ८, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले अवको तीन दिन देशैभरी आंशिकदेखि सामान्य बदली हुने जनाएको छ । आइतबार बिहान महाशाखाले जारी गरेको तीन दिनको मौसम पूर्वानुमान यसप्रकार छ ।

बैशाख ०८ गते आईतबार

दिउँसोःदेश भरि आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जनर चट्यांग हावाहुरी सहित हल्का वर्षाको संभावना छ । राति देश भरि आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जनर चट्यांग हावाहुरी सहित हल्का वर्षाको संभावना छ ।

बैशाख ०९ गते सोमबार

दिउँसोः देश भरि आंशिक देखि सामान्य बदली रही पुर्बी र मध्य भूभागका केहि स्थानहरुमा तथा पश्चिमी भूभागका थोरै स्थानहरुमा मेघ गर्जनर चट्यांग हावाहुरी सहित हल्का वर्षाको संभावना छ ।राति देश भरि आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जनर चट्यांग हावाहुरी सहित हल्का वर्षाको संभावना छ ।

बैशाख १० गते मंगलबार

दिउँसोः देश भरि आंशिक देखि सामान्य बदली रही पुर्बी र मध्य भूभागका केहि स्थानहरुमा तथा पश्चिमी भूभागका एक दुइ स्थानहरुमा मेघ गर्जनर चट्यांग हावाहुरी सहित हल्का वर्षाको संभावना छ । राति देश भरि आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जनर चट्यांग हावाहुरी सहित हल्का वर्षाको संभावना छ ।

http://mfd.gov.np/content/?id=1011

प्रतिक्रिया दिनुहोस