राप्ती लोकमार्गको दाङ–सल्यान सडक दैनिक ९ घण्टा बन्द हुने

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

बैशाख ८, सल्यान । राप्ती लोकमार्ग अन्तर्गत दाङ–सल्यान खण्डमा दैनिक ९ घण्टा सडक अबरुद्ध हुने भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ को राम्री ‘मोड’ हटाउनका लागि हिजो (शनिबार) देखि बैशाख २५ गतेसम्म दैनिक ९ घण्टा सडक अबरुद्ध हुनेभएको हो । यहाँ केहि महिना अघि २३ जना बिद्यार्थीहरुको मृत्यहुनेगरि बस दुर्घटना भएको थियो ।

त्यहि मोड हटाउको लागी बिहान ११ बजेदेखि ४ बजेसम्म र राति १ बजेदेखि बिहान ५ बजेसम्म सडक अबरुद्ध गरेर काम गर्ने सहमति भएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । सडक निर्माण गर्ने स्थलमा सडक साँघुरो हुँदा मर्मत कार्य प्रभाबकारी नभएको भन्दै सडक अबरुद्ध गरेर काम शुरु गर्न लागिएको हो । अब दैनिक १५ घण्टा राम्री मोड हटाउने कार्य हुनेछ ।

सडक डिभिजन कार्यालय दाङले मोड फाल्नका लागि उज्ज्वल निर्माणसेवा संग सम्झौता गरेको छ । भ्याट सहित ५६ लाख लागतमा चालुआर्थिक बर्षको असार भित्र सक्ने गरि निर्माण कार्य शुरु भएको सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।

कार्यालयका अनुसार चैत २९ गतेदेखि काम शुरु भएको र असार २५ गतेभित्र सक्ने गरि सम्झौता भएको हो । त्यहाँको मोड काट्नुका साथै खाल्डाखुल्डी पुर्ने, पर्खाललगाउने, सम्झौता भएको हो । निर्माण कम्पनिका दीपक न्यौपानेका अनुसार दैनिक १५ घण्टा काम हुने भन्दै यही गतिमा अघि बढे १० दिनमै काम पूरा हुने बताए ।

प्रतिक्रिया दिनुहोस