आइपीएल क्रिकेटः दिल्ली क्पायिटल्सको जित

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ८, काठमाडौं । आइपीएल क्रिकेटको शनिवार राति सम्पन्न ३७ औं खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङको मद्दतमा दिल्ली क्पायिटल्स विजयी भएको छ। दिल्ली क्पायिटल्सले किंग्स इलाभेन पन्जावलाई ५ विकेटले पराजित गरेको हो।

दिल्लीको जितमा कप्तान श्रेयर ऐर र शिखर धवनले अर्ध शतक बनाए। १ सय ६४ रनको लक्ष्य पछ्पाएको दिल्लीले २ बल बाँकी छँदैं ५ विकेटको क्षतिमा लक्ष्य पुरा पुरा गर्यो। दिल्लीको जितमा कप्तान श्रेयस ऐरले ४९ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ५८ रनमा अविजित रहे।किंग्स इलाभेन पन्जावलाई सस्तैमा समेट्न सन्दीप लामिछानेले महत्वपूर्ण बलिङ गरे। उनले ४ ओभरमा ४० रन खर्चेर तीन विकेट लिए। दिल्लीका कागिसो रबडाले र अक्सर पटेलले दुई दुई विकेट लिए। शिखर धवनले ४१ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ५६ रनको योगदान दिए।

प्रतिक्रिया दिनुहोस