यी हुन प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने युवा

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ७, बुटवल । शुक्रवार बुटवलको  कार्यक्रममा  रुद्रप्रसाद घिमिरेले सयौं सुरक्षाकर्मी र नेपाल कम्युनिष्ट पार्टीका हजारौं कार्यकर्ताको भीडबीचमा प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने हिम्मत गरे ।

यी हुन प्रधानमन्त्री ओलीलाईकालोझण्डा देखाउने युवा

प्रधामन्त्रीलाई कालो झण्डा देखाउने युवा अर्घाखाँचीको छत्रदेव गाउँपालिका–५, साविक भगवती गाविस–१ मोडेलचौर स्थित सामन्य परिवारका ३१ वर्षीय युवा रुद्रप्रसाद घिमिरे हुन् । उनी बुटवल–११ को माझ गाउँमा बसेर दुध संकलन ब्यवसाय गर्ने गर्छन् । उनी मोडलचौरका सामान्य किसान परिवारका छोरा हुन । बाबु आमा एकदमै सोझा छन् । उनी भने स्नातक उत्तीर्ण युवा हुन् । उनको घरमा छोरा, श्रीमती र बाबुआमा छन् ।

उनि राजनैतिक रुपमा नेपाली कांग्रेस निकट हुन । उनी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा रुपन्देही क्षेत्र नम्वर ३ बाट नेकपाका नेता विष्णु पौड्यालका विरुद्ध स्वतन्त्र उमेदवारी दिएर उठेका युवा समेत हुन । उनी चर्चामा आउन चाहने युवा हुन ।

प्रतिक्रिया दिनुहोस