नेपालको सबैभन्दा ठूलो शब्दकोशका लेखक शर्माको मृत्यु

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ७, काठमाडौं । नेपालका सबैभन्दा ठूलो शब्दकोष ‘नेपाली शब्दसागर’का लेखक ९७ वर्षीय वसन्तकुमार शर्मा नेपालको आज शनिवार निधन भएको छ। उनका नेपालको ”नेपाली शब्दसागर” शब्दकोश सहित अन्य दर्जनौँ साहित्यिक कृति प्रकाशित छन्। मुटुलगायतका विभिन्न रोगबाट थलिएका उनको कुमारीगालस्थित निवासमै निधन भएको हो ।

उनको जन्म विसं १९८४ को रामनवमीको दिन महारागन्जमा भएको थियो। संस्कृत साहित्यमा स्नातक र नेपालीमा स्नातकोत्तर गरेका नेपालले नेपाल भाषा प्रकाशिनी समिति र भाषानुवाद परिषद्मा पनि काम गरेका थिए। यस्तै महाभारतको गद्यमा उल्था पनि उनैले गरेका थिए । उनले ‘नेपाली शब्दसागर’ लेखनमा मात्रै १५ वर्ष खर्चिएका थिए । लामो समय विभिन्न विद्यालय र क्याम्पसहरूमा अध्यापन गरेका उनी पशुपति क्याम्पस, रत्नराज्य क्याम्पस लगायतका शैक्षिक संस्थाको संस्थापक समेत हुन् ।

उनको आजै हिन्दु परम्पराअनुसार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने कार्यक्रम रहेको छ । स्वर्गीय शर्माको श्रीमतीसहित चार छोरी र ४ छोरा छन् ।

प्रतिक्रिया दिनुहोस