बिष्फोटक सामाग्री सहित नवलपरासीमा दिल्लीबाट नेपाल आएको

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ७ धनगढी । भारतको नयाँ दिल्लीबाट काठमाडौं आउदैं गरेको ना ५ ख ७२४५ नम्बरको बसबाट ठूलो मात्रामा बिष्फोटक पदार्थ बरामद भएको छ । सशस्त्र प्रहरी बल बेस क्याम्प डुडेझारी कैलालीले शुक्रबार राति करिब १२ ४५ बजेतिर बम बनाउन प्रयोग हुने सामान बरामद गरेको हो ।

राति शंका लागेर राति बस जाँच गर्दा बसबाट बिभिन्न सामानहरु सशस्त्र प्रहरीले बरामद गरेर धनगढीमा राख्यो र बसलाई त्यहाँबाट जान दिइयो । बसबाट ल्यापटप दुई थान, रेडिमेड कपडा, बेल्ट लगायतका सामाग्रीहरु सहित बम र अन्य हतियार बनाउन प्रयोग हुने डिटोनेटरसहित बरामद भएको हो ।

तर, शनिबार बिहानपख पोका खोलेर हेर्दा डिटोनेटर लगायतका बिष्फोटक पदार्थ फेला परेपछि उक्त बसलाई रोक्न सशस्त्र प्रहरी बल बेस क्याम्पले अन्य जिल्लाका प्रहरी युनिटलाई सूचना प्रवाह गरेको थियो । त्यसपछि मात्र नवलपरासी प्रहरीले बसलाई रोकेर राखेको हो ।

प्रतिक्रिया दिनुहोस