अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीन सांसद मन्त्री

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ६, दाङ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविस्वास प्रस्ताव दर्ता गरेको दुईघण्टा नबित्दै जनता समाजवादी पार्टीका सांसदहरु पोखरेल नेतृत्वकै सरकारमा सहभागी हुने भएका छन । अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सांसद विजय यादव सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझी मन्त्री बन्ने भएका हुन् ।

आजै प्रदेश प्रमुख धर्मनाथ यादवले मन्त्रीको शपथ गराउँदैछन् । माओवादी केन्द्रका दुईजना मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सामाजिक विकास मन्त्रालयसँगै अन्य दुई मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति भएका हुन् ।

प्रतिक्रिया दिनुहोस