कोरोनाबाट २० वर्षीया नर्सको मृत्यु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ६, बाँके । भेरी अस्पताल नेपालगञ्जमा उपचार गराइरहनु भएकी एकजना २० वर्षिया नर्सको निधन भएको छ । कोरोना भाइरस संक्रमीत भएर उपचार गराइरहनु भएकी तुलसीपुर उपमहानगरपालिका ११ कि ती नर्सको सोमवार मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि बैशाख १ गते कोहलपुरको बागेश्वरी ल्याबमा पीसीआर परिक्षण गरिएको थियो । त्यसैदिन रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि उहाँलाई भेरीमा भर्ना गरेर उपचार सुरु गरिएको थियो । तर उपचार जारी रहेकै अवस्थामा उहाँको अवस्था गम्भीर बन्दै गएपछि सोमवार बिहान साढे १० बजे उहाँको मृत्यु भएको अस्पतालले जनाएको छ । उहाँ तुलसीपुरको राप्ती लाइफ केयर अस्पतालमा कार्यरत रहेको पनि भेरी अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस