तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ६, दाङ । घोराही उपमहानगरपालिका-१५ बालमन्दिर बस्ने झुपल केसीको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४५ वर्षीय खगेन्द्र सापकोटा लगायत ५ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८० हजार रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस