दुई मन्त्रीले दिए राजीनामा

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ६, काठमाडौँ। लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । दुई जना नेकपा माओवादी केन्द्रका सांसदले राजीनामा पनि दिएका छन् माओवादी केन्द्रका कुलप्रसाद केसी र सुदर्शन बरालले सोमबार मुख्यमन्त्री कार्यालयमा राजीनामा पत्र दिएका हुन् । दुबै मन्त्रीले संयुक्त रूपमा राजीनामा पत्र बुझाएका छन् ।

केसीलाई भावी मुख्यमन्त्रीमा प्रस्तावसमेत गरिएको छ । उनी आन्तरिक मामिला मन्त्री थिए । यस्तै सामाजिक विकास मन्त्री बराल थिए ।

प्रतिक्रिया दिनुहोस