विभिन्न हातहतियार सहित पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ६, काठमाडौं । सुनसरी, कोशी गाउँपालिका-४ जुद्धगञ्ज बस्ने कयुम मन्सुरीको घरमा आएका उनका ज्वाई सप्तरी कञ्चनपुर नगरपालिका-१ बस्ने २४ वर्षीय जमाल मन्सुरीलाई १ थान कटुवा पेस्तोल र उक्त पेस्तोलको २ राउण्ड गोली सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । कयुमको घरमा रोजा पर्व मनाउन आएको अवस्थामा जमाललाई अस्थायी प्रहरी पोष्ट शिबचोक कटानबाट खटिएको प्रहरीले उक्त पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरेको हो ।

नवलपरासी (पश्चिम), सुस्ता गाउँपालिका-५ रामनगरबाट १ थान पेस्तोल, सोही पेस्तोलमा लोड भएको १ राउण्ड गोली, नगद ४ हजार १ सय ५० रुपैयाँ र १ थान मोबाइल सहित सोही गाउँपालिका-५ तरेनी बस्ने २२ वर्षीय सुनिल भेडियार पाललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको युपी ५७ एजेड ५०१९ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी रामनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक सुनिललाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस