ट्राफिक प्रशासन तालिम समापन

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ६, काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा संचालित २१ औं समूहको ट्राफिक प्रशासन तालिम समापन भएको छ । तालिम समापनका अवसरमा सोमबार आयोजित कार्यक्रममा सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।

तालिममा आर्जन गरेका विभिन्न ज्ञान सिप र अनुभवलाई कार्यक्षेत्रमा खटिँदा अझ बढी उत्तरदायी एवं व्यवहारिक भई सेवाग्राहीको अपेक्षा अनुसारको सेवा दिनुपर्ने उहाँले बताउनुभयो । सोही महाशाखाका प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक सुनिल जंग शाहले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । ३५ दिन कार्य अवधिको उक्त तालिममा प्रहरी नायव निरीक्षक ८ जना र प्रहरी सहायक निरीक्षक ३२ जना गरी जम्मा ४० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस