धर्मनिरपेक्षता विरुद्ध आज राप्रपाको प्रदर्शन

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ६ , काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले धर्मनिरपेक्षताविरुद्ध राजधानीमा प्रदर्शन गर्ने भएको छ । कमल थापा नेतृत्वको राप्रपाले शुक्रबार दिउँसो २ बजे रत्नपार्कमा धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै प्रदर्शन गर्न लागेको हो ।

राप्रपाका अध्यक्ष कमल थापाले विदेशीको दबाव र प्रभावमा धर्मनिरपेक्षताको व्यवस्था गरिएकाले त्यसको खारेजीका लागि दबाव दिन आज प्रदर्शन गर्न लागेको बताएका छन् । राप्रपाले विरोध प्रदर्शनमा उपस्थित हुन आफ्ना सम्पूर्ण नेता तथा कार्यकर्तालाई उर्दी जारी गरेको छ ।‘घर बसेर, माला जपेर हिन्दुराष्ट्र आउंदैन’, ‘सडकमा उत्रिए हिन्दुराष्ट्र बनाउन धेरै दिन लाग्दैन ’ थापाले ट्वीटरमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस