प्रथम हडाहिया माई गाउँ स्तरीय भलिबल प्रतियोगिता शुरु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ०५, पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा बैशाख ५ गतेदेखि ८ गते सम्म स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुदु भन्ने मुल नारासहित प्रथम हडाहिया माई गाउँ स्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । रामग्राम वडा नम्बर १४ प्रसवाल स्थित हडाहिया माई मन्दिरको खेल मैदानमा हुने गाउँ स्तरिय प्रतियोगितामा बोल्दै यो कार्यक्रम चैते दसैंको उपल्क्षयमा गरिएको हो ।


अबको दिनमा यो कार्यक्रम हरेक बर्ष गरिने समितिका अध्यक्ष चौधरीले बताउनुभयो । श्री हडाहिया माई खेलकुद समिति द्धारा आयोजित कार्यक्रम हडाहिया माई खेलकुद समितिका अध्यक्ष लाल बहादुर चौधरीको अध्यक्षता ,रामग्राम नगरपालिकाको नगर उप प्रमुख रम्भा कुवँरको प्रमुख आतिथ्यता ,रामग्राम नगरपालिका वडा न १४ का अध्यक्ष पारसनाथ चौधरीको बिशिस्ट आतिथ्यता तथा कार्यपालिका सदस्य चन्द्र कुमारी न्यौपन्ने , सामाजसेबि प्रकाश यादव , रमेश पासी,सामाजसेबि भिमदेव भट्टराई , गंगानाथ कवँर नाथ थारुको आतिथ्यता रहेको थियोे ।

प्रतियोगिताको प्रथम पुरस्कार २० हजार रुपैयाँ नगद , द्धितिय पुरस्कार १० हजार नगद र तृतीय पुरस्कार ५ हजार रहेको छ। उत्कृष्ट खेलाडीले मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने छन् । कार्यक्रमको संचालन के बि कवँरले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस