गृहमन्त्री थापाद्वारा शपथ ग्रहण

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ५, काठमाडौँ । नवनियुक्त गृहमन्त्री रामबहादुर थापाले शपथ लिनु भएको छ । आइतबार गृहमन्त्रीमा पुनर्नियुक्ति पाएका थापाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको शपथ लिनु भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा थापालाई आइतबार नै राष्ट्रपति भण्डारीले गृहमन्त्रीमा नियुक्त गर्नुभएको हो । शपथ ग्रहण समारोहमा प्रधानमन्त्री ओली र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी थिए । उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटा भने कार्यक्रममा सहभागी थिएनन् ।

माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेपछि थापाको सांसद पद खारेज भएको थियो । सांसद पद नरहेपछि स्वतस् मन्त्री पद पनि जाने संवैधानिक व्यवस्था बमोजित थापालाई पुनस् नियुक्ति गरिएको हो ।

प्रतिक्रिया दिनुहोस