दाङमा प्रहरीले अबैध भारु ३ लाख ९५ हजार सहित एकजना पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ५, दाङ । जिल्ला प्रहरी कार्यालय दाङले अबैध भारु नोटको कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपि गणेश चन्दले जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको सिबिल प्रहरी टोलिले भारु नोट साट्नका लागि तयार पारीएको अबैध भारु नोट ३ लाख ९५ हजारसहित घोराहीबाट १ जना पक्राउ गरेको जानकारी दिए ।

अबैध भारु नोटको कारोबार भइरहेको गोप्य सुचनाको आधारमा प्रहरीले कारोबारमा सलग्न लौटन गुप्तालाइ पक्राउ गरेको एसपि चन्दले बताए । घटना बारे थप अनुसन्धान भइरहेको र भारु नोटको अबैध कारोबारमा मुद्धा दर्ता गरेर कानुनि कारबाही गरिने दाङ प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस