बस र टिप्पर एक आपसमा ठोकिदा ५ जनाको मृत्यु

Khabar24Nepal Author Logo..
महेन्द्र सिंह पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ४, बाँके । कोहलपुर पूर्वपश्चिम राजमार्ग अन्तरगत बाँकेको कोहलपुर रोहिनी खोला नजिकै बस र टिप्पर एक आपसमा ठोकिदा ५ जनाको मृत्यु हुनुको साथै ३६ जना घाइते भएका छन् ।


सुर्खेतबाट धरान जाँदै गरेको मे १ ख ३३४७ नंम्बरको यात्रुबाहक बस र विपरित दिशाबाट आएको अनटेस्ट मालबाहक टिप्पर शुक्रबार साँझ ६ बजे एक आपसमा ठोकिदा ४ पुरुष सहित एक महिलाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रहरी निरिक्षक राजु भण्डारीले जानकारी दिए ।

सो घटनामा परि घाइते भएक ३६ जना मध्ये ८ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई नेपालगञ्ज मेडिकल कलेजमा उपचारको लागि पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस