ह्विप उलंघन गर्नु राजनीतिक अपराध : सांसद चौधरी

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ४, काठमाडौँ । नेकपा एमालेको नेतृ तथा प्रतिनिधिसभाको सांसद गंगा थारु (चौधरी)ले संसदीय पद्धतिमा दलको ह्विप उलंघन गर्नु राजनीतिक अपराध भएको बताउनुभएको छ । राजनीतिमा विचारका आधारमा ध्रुविकरण हुनु स्वभाविक भएको उल्लेख गर्दै उहाँले कुनै पनि राजनीतिक पार्टीमा रहेपछि उक्त संसदीय दलको ह्विप मान्नु सांसदहरुको वाध्यकारी व्यवस्था भएको बताउनुभएको हो ।

उहाँले आज आफ्नो सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै भन्नुभएको छ, ‘राजनीतिमा विचारका आधारमा ध्रुविकरण स्वभाविक मानिन्छ । तर एउटै पार्टीमा बसेर गरिने संसदीय ह्विप उलंघन गम्भीर राजनीतिक अपराध हो ।’

हिजो कर्णाली प्रदेशमा एमाले माधव नेपाल समूहका चार सांसदले पार्टी तथा दलको ह्विप नमानी माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द बहादुर शाहीको पक्षमा मतदान गरेको कुरालाई संकेत गर्दै उहाँले उक्त घटना एमालेमाथि गंभिर राजनीतिक अपराध गरेको ठहर गर्नुभयो । मुख्यमन्त्री शाहीले विश्वासको प्रस्ताव पेस गरेपछि एमालेका तर्फबाट करवीर शाही, प्रकाश ज्वाला, कुर्मराज शाही, अमरबहादुर थापाले ‘फ्लोर क्रस’ गर्दै माओवादीको पक्षमा मतदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस