नवलपरासीको दुम्कौली बजारमा बम बिस्फोट

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ४, नवलपरासी ।महेन्द्रराजमार्ग अन्तरगत कावासोती–नारायणगढ खण्डको राजमार्ग छेउमा दुम्कौली बजारमा बम बिस्फोट भएको छ ।

अज्ञात समुहद्धारा अहिले ५ बजे शक्तिशालि बम बिस्फोट गराएको हो । बिस्फोटबाट मानविय क्षति भएको छैन ।नेकपा चन्द नेतृत्वको नेकपा समूहले बिहीबारका लागि आव्हान गरेको बन्दको पूर्वसन्ध्यामा बम बिस्फोट भएका कारण सुरक्षा निकायले बिस्फोट उक्त समूहले नै गराएको हुनसक्ने आशंका गरेको छ ।

प्रतिक्रिया दिनुहोस