युनाइटेडलाई हटाउदै बार्सिलोना सेमिफाइनलमा

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ४ , काठमाडौं । मंगलबार राति भएको खेलमा बार्सिलोनाले युनाइटेडलाई ३–० ले हराएको हो । पहिलो लेग १–० ले जितेको बार्सिलोना समग्रमा ४–० ले विजयी भएको छ । लिओनल मेस्सी प्रेरित बार्सिलोनाले म्यानचेष्टर युनाइटेडलाई हराएको छ र च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएको छ ।

त्यसअघि युनाइटेडले राम्रो खेलेको थियो । ४० औं सेकेण्डमा उसमा मार्कोस रासफोर्डको प्रहार बारमा लागेको थियो ।घरेलु मैदान नाउक्यापमा भएको खेलमा बार्सिलोनाले १६ औं मिनेटमा मेस्सीको गोलबाट अग्रता लिएको थियो । त्यसको चार मिनेटपछि नै मेस्सीले दोस्रो गोल गरे । तर मेस्सीको गोलपछि खेलमा बार्सिलोना हावी भयो । दोस्रो हाफको ६१ औं मिनेटमा काउटिन्होले गोल गरे ।

९० औं मिनेटमा युनाइटेडका एलेक्स साञ्चेजको हेडर बार्सिलोनाका गोलकिपरले रोकेका थिए ।युनाइटेडका प्रशिक्षकले मेस्सी र रोनाल्डो दशकै उत्कृष्ट खेलाडी भएको र आफ्नो टिमविरुद्ध मेस्सीले त्यो देखाएको बताए ।

प्रतिक्रिया दिनुहोस