बसको ठक्करबाट एम्बुलेन्स चालकको मृत्यु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ३, सप्तरी । सप्तरीमा बसको ठक्करबाट एम्बुलेन्स चालकको मृत्यु भएको छ। पूर्व जाँदै गरेको ना ६ ख ७८९२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको स १ च ५५२ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिदाँ एम्बुलेन्स चालक अन्दाजी ४५-५० वर्षीय छेदीलाल कामतको मृत्यु भएको हो।

सिरहा सुखिपुरका औषधी व्यवसायी समेत रहेका उनि सबार एम्बुलेन्सलाई शुक्रबार बिहान साढे ३ बजे शम्भुनाथ नगरपालिका-३ स्थित पूर्वपश्चिम लोकमार्गमा बसले ठक्कर दिएको थियो । उनका अनुसार कमातको घटनास्थलमै मृत्यु भएको हो। मृतकको शव पोष्टमार्टमको लागि रा.उ.स्मारक अस्पताल लहान लगिएको छ ।

ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालक अहिले फरार छन्। उनको खोजी गरिरहेको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस