बसले किचेर एक बालकको मृत्यु

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

 बैशाख ३,सुनसरी । सुनसरीको कोशी गाउँ पालीमा बसले किचेर एक बालकको मृत्यु भएको छ । मंगलवार बिहान साढे ९ बजेको समयमा कोशी गाउँ पालीका ८ स्थित हनुमान मन्दिर नजिक सिराहा बाट बिराटनगर आउदै गरेको यात्रु बाहक बसले किचेर पानी बेच्ने १० वर्षिय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसबाट लडेर पछाडिको चक्काले किचेर गम्भीर घाइते भएका बालकको उपचारका लागि जिल्ला अस्पताल इनरुवा पठाएकोमा अस्पतालले मृत घोषित गरेको प्रहरी नायब निरीक्षक अवध लाल साह सोनारले जानकारी दिए ।

मंगलवार बिहान सप्तरीको भारदह बाट पानी बेचेर भाण्टावारी आउने क्रममा सिराहा– बिराटनगर चल्ने ना ६ ख ५९६६ नम्बरको बसले किचेर कोशी गाउँपालीका ८ भाण्टा वारी बस्ने युसुफ मियाको १० वर्षीय छोरा नुर सलामको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालक जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको छ भने बालकको शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल इनरुवा सुनसरीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस