राउटे समुदायलाई सञ्चारकर्मी थापाको सहयोग

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

बैशाख ३, सुर्खेत। रेडियो रामेछापमा कार्यरत कुशल सञ्चारकर्मी अनिता थापा मगरले राउटे समुदायको लागि सोमबार सहयोग हस्तान्तरण गरेकी छन् ।

अनिताले १६ हजार रकम सहित ४२ जना महिलालाई लत्ता कपडा वितरण गरेकी हुन । राउटे समुदायका बालबालिकालाई चाउचाउ बिष्कुट समेत वितरण गरेको सञ्चारकर्मी थापाको भनाई छ । सुर्खेतको लेकबेसी नगरपालिकामा रहेका घुमन्ते जाती राउटेलाई उनको यो दोस्रो पटकको सामाजिक कार्य हो ।

उनले यहाँ भन्दा पहिले पनि राउटे समुदायलाई खाद्यान्न हस्तान्तरण गरेकी थिईन । थापाले आफ्नो जन्मदिन तथा नव बर्षको शुभ उपलक्ष्यमा सो कार्य गरेको बताईन् । नेपाली समाजमा एउटा नारि भएर यति ठुलो प्रशंसनिय कार्यका लागेका सायद कमै मात्रामा देखिन्छन् । सानो उमेरमै विभिन्न ठाउँमा समस्या परेकाहरुलाई पनि उनले थुप्रै सहयोगी भावना जगाएकी छन् । पछिल्लो समय समाज सेवामा पनि निरन्तर खटिरहेकी उनी एक उच्च मनोबल भएकी एक नारी हुन ।

उनको पहलमा देश तथा विदेशमा रहेका नेपालीहरुले पठाएको सहयोगार्थ रकम पनि हस्तान्तरण गरेकी हुन । उनी सँगै लोक तथा दोहोरी गायक माधव थापा पनि साथमा आएका थिए ।

प्रतिक्रिया दिनुहोस