दाङमा पिकअप जीप अनियन्त्रीत भई दुर्घटना, एकैपरिवारका पाँच जना सहित ८ घाईते

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट
  • नारायण गिरी, दाङ

चैत ३०, दाङ । शान्तिनगर गाउँपालिका ३ सुईकोट स्थित भित्रि सडक खण्ड अन्तर्गतको सुन्दरा मन्दिरबाट यात्रु लिएर फर्किदै गरेको ग १ ज ४९१७ नं. को पिकअप जिप दुर्घटना हुदा एकै परिवारका पाँचसहित आठ जना घाईते भएका छन् ।

दाङ शान्तिनगर ३ स्वीकोटमा रहेको सुन्दरादेवी मन्दिरमा दर्शन गरेर फर्कने क्रममा दिउसो १ बजतिर भएको जीप दुर्घटनामा परि दाङ शान्तिनगर गाउँपालिका ३ का ३८ बर्षीय पूर्णबहादुर परियार, सोही ठाउकी २८ बर्षीया शोभा परियार, ३० बर्षीया भबिकला बिक, दंगीशरण ४ का ४६ बर्षीय ओम परियार, सोही ठाउँकी ३५ बर्षीया पार्बति परियार , घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए । शान्तिनगर ३ का सन्तोष केसी, तुलसीपुर १ निवासी ललिता केसी र उनको ७ बर्षीया छोरी सन्धया केसी घाईते भएका हुन् ।

घाईते मध्ये पूर्णबहादुर , ओम र शोभाको कोहलपुर रेफर गरिएको छ । पूर्ण र ओम एउटै घरका दुईभाई हुन्, शोभा पूर्णकी श्रीमती र पार्बति ओमको श्रीमती हुन् । भबिकला उनीहरुको परिवारकै नातेदार हुन् ।

जीप अनियन्त्रित भई सडक देखि २५ मिटर तल खसेको प्रहरीले बताएको छ । जीप चालकलाई ईलाका प्रहरी कार्यालय खिलतपुरले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस