हात्तीको दाह्रा सहित सामाखुशीबाट ४ जना पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

चैत २८, काठमाडौं । काठमाडौं सामाखुशीबाट करिब २ सय २९ ग्रामको संरक्षित वन्यजन्तु हात्तीको दाह्रा जस्तो वस्तु १ थान सहित ४ जनालाई मंगलबार प्रहरीले पक्राउ गरिएको छ ।

केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई उक्त वस्तु सहित फेला पारी पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा धादिङ, थाक्रे गाउँपालिका १० बस्ने २५ वर्षीय विकाश तामाङ, काभ्रे पनौती नगरपालिका ३ का ३२ वर्षीय कुमार तामाङ लामा, नुवाकोट ककनी गाउँपालिका ६ का ३८ वर्षीय राजकुमार लामा र खोटाङ बाह्रपोखरी गाउँपालिका ४ का ३१ वर्षीय फर्सुराम राई रहेका छन् ।

पक्राउ व्यक्तिहरुलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार, काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस