एटिएम फोडी चोरी गर्ने क्रममा पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

चैत २७, काठमाडौं । काठमाडौं महानगरपालिका-३१ तिनकुनेस्थित एनसिसि बैंकको शाखा कार्यालयमा रहेको एटिएम मेसिन फोडी चोरी गर्ने क्रममा सोही महानगरपालिका-३२ बस्ने रामेछापका १८ वर्षीय विशाल तामाङलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विशालको साथबाट प्रहरीले एटिएम मेसिन फुटाउन प्रयोग गर्ने हतौडा १ थान, फलामको छिनो १ थान र मार्तोल १ थान समेत बरामद गरेको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस