रौतहटमा हावाहुरीले एक जनाको मृत्यु

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

चैत २६, रौतहट । रौतहटमा आज बिहान आएको हावाहुरीले देवाही गोनाही नगरपालिका ३ मा ६० बर्षकी रामसखी देवी चमइन को मृत्यु भएको छ ।

हावाहुरीले घरको छाना उडाउदा टाली खसेर चोट लागेपछि रामसखीको मृत्यु भएको परिवारजनले जनाएका छन् । रौतहटका एसपी भुपेन्द्र खत्रीले हावाहुरीबाट वृद्धाको मृत्यु संयोग मात्रै भएको बताए । घरको छाना उडाएपछि पानीमा भिजेर चिसो भई मृत्यु भएको हुनसक्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस