नेपाल पत्रकार महासङ्घको मतगणना जारी

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २६, काठमाडौँ । नेपाल पत्रकार महासङ्घको इतिहासमै पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत बुधबार तीनै तहको निर्वाचन सम्पन्नपछि मतगणना सुरु भएको छ । सङ्घ, प्रदेश र शाखा गरी तीन तहमा १३ हजार १८० मतदाता रहेकामा ९२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ ।

१० प्रदेशअन्तर्गत ७६ जिल्ला, ४२ प्रतिष्ठान र १२ एसोसिएटमा एकै चरणमा बुधबार मतदान भएको थियो । यद्यपि कोभिडका कारण विदेशमा रहेका महासङ्घका आठवटा शाखामा निर्वाचन हुनसकेन । महासङ्घको इतिहासमा पहिलो पटक एकै पटक तीन तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियाे ।

प्रतिक्रिया दिनुहोस