गढवाको जनता मा.विमा बरण्डा सहित २ कोठे पक्की भवनको शिलान्यास

Khabar24Nepal Author Logo..
मेगमन बुढा पढ्न लाग्ने समय : १ मिनेट

चैत २६, दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटे स्थित जनता माध्यमिक विद्यालयमा थप भौतिक सुधारको लागि बरण्डा सहितको दुई कोठे पक्की भुकम्प प्रतिरोधात्मक भवनको मंगलबार शिलान्यास भएको छ ।

तराई मधेस कार्यक्रम मार्फत विनियोजित कुल ३०
लाखको बजेटद्वारा निर्माण हुनलागेको उक्त भवनको विधिवतरुमा गढवा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष तथा गाउँपालिका प्रबक्ता बाबुराम अधिकारीले शिलान्यास गर्नु भएको हो ।

त्यस्तै उक्त भवन निर्माण कार्यको ठेक्का भवरभवानी निर्माण सेवाले लिएको छ । आउँदो असार मसान्त सम्म सो भवन निर्माणको कार्य सम्पन्न गर्ने गरि ठेक्का दिइएको अध्यक्ष अधिकारी बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस