मलेसियाको क्वालालम्पुरमा दुर्घटना हुँदा २ नेपाली सहित १३ जनाको मृत्यु

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

चैत्र २५ ,क्वालालम्पुर । मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा काम गर्ने कामदार बोकेर विमानस्थल तर्फ जाँदै गरेको बस आइतवार राती दुर्घटनामा परेको छ । विमानस्थल नजिकै सेपाअङमा दुर्घटना हुँदा २ नेपाली सहित १३ जनाको मृत्यु भएको छ भने ३० जना भन्दा बढी घाइते भएका छन ।

नेपाली ,बाङ्लादेशी र इन्डोनेशियन कामदार चढेको गाडी विमानस्थल नजिकै सेपाअङमा दुर्घटना भएको हो । दुर्घटनामा परि बर्दियाका रामु चौधरी र सर्लाहीका जगनाथ सिंह थारुको मृत्यु भएको छ । गम्भीर घाइते भएका अन्य तीन नेपालीको अस्पतालमा आइसीयूमा राखेर उपचार भइरहेको छ ।

८ जना विदेशी कामदार र चालकको घटनास्थलमा नै ज्यान गएको थियो भनें थप एकजना विदेशी कामदारको अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

आइतवार राती भएको सो दुर्घटना क्वालालम्पुर अन्तराष्ट्रिय विमानस्थल नजिकै भएको जनाइएको छ । सो बसमा ४३ जना सवार थिए । पानीको निकासको नालामा खसेर दुर्घटना भएको हो । घाइते भएका ३० भन्दा बढीलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ ।

घटनाका बारेमा थप विवरण आउन बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस