अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज शाखा साउदिको जुबेल कमिटीले सम्पन्न गर्यो नया बर्षको सुभकामना आदान प्रदान कार्यक्रम

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

चैत २५,काठमाडौ ।  अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज शाखा साउदिको जुबेल कमिटीले चैते दशैँ तथा नया वर्षको सुभकामना आदान प्रदान तथा सास्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।


जुबेल स्थित होटेल कुक्जोनमा आयोजना भएको सो कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था, पत्रकार, कलाकार, बुद्धिजीवी, ब्यापारी, शुभचिन्तक तथा साउदी अरबमा छरिएर रहेका नेपालीहरुको सहभागिता रहेको थियो ।


साउदी स्थित नेपाली राजदुतावासका कर्मचारी हरि घिमिरे प्रमुख अतिथिमा कार्यक्रम संचालन भएको थियो भने कार्यक्रममा बिशिस्ट अतिथि तुलासिमाया गुरुङ, रोल्पाली अन्तरास्ट्रिय सेवा समाज शाखा जुबेलका अध्यक्ष कमलराज पुन,केन्द्रिय कोषाध्यक्ष भिम बुढामगर,केन्द्रीय सहलाकार दिपक सिङ थापाको उपस्थिती रहेको थियो ।

कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गर्न सफल भएकोमा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज शाखा साउदिको जुबेल कमिटीका सचिव महेन्द्र घर्तिले अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज शाखा साउदिको जुबेल कमिटीका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा सुभकामना ब्यक्त गर्नु भएको हो।


सचिब घर्तिले भन्नु भयो प्रवासको भुमिमा आफ्नो व्यस्तताको बाबजुद पनि आयोजक कमिटिमा रहेर कार्यक्रमका लागि अहोरात्र खट्ने जुबेल कमिटी परिवार प्रती हार्दिक आभार व्यक्त गर्दछौं जसले अकस्मात आइलागेको भारलाई थेग्ने साहास जुटाउन सफल भएको छ साथै केन्द्रीय कमिटी र दमाम कमिति बाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरु धन्यवादको पात्र हुनु हुन्छ जसले कार्यक्रमको सहजीकरणको भुमिकामा महत्त्वपूर्ण सहयोग गर्नु भएको थियो । सुभकामना आदान प्रदान तथा सास्कृतिक कार्यक्रमले अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज शाखा साउदिको जुबेल कमिटीले आगामी दिनमा काम गर्ने हौसला थप भएको जुबेल कमिटीका सचिव महेन्द्र घर्तिले बताउनु भयो ।


कार्यक्रममा सास्कृतिक तर्फ रोल्पाली गायक तथा सर्जक दिपक रोल्पाली डी के,धन कुमारी पुनको नृत्य,पुतली तामाङ्गको नृत्य,गायिका लक्ष्मी तामाङ्ग,गायक अमृत बि.क,गायक प्रेम डि सी र मन्जु परियारको नृत्य प्रस्तुति रहेको थियो साथै कार्यक्रम को अन्त्यमा अथितिहरुलाई सम्मान पत्र समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस