धनुषाधाम नगरपालिकामा ३ वटा सुतली बम बिस्पाेट

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

चैत्र २५, धनुषा ।  धनुषाधाम नगरपालिका –५  मा खेतमा गाडेर राखिएको अवस्थामा रहेको ३ वटा सुतली बम विष्फोट भएको छ ।इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक हिरनकुमार यादवका अनुसार साँझ उक्त सुतली बम विष्फोट भएको हो ।

वडा कार्यलयभन्दा ५ सय मिटरको दुरीमा रहेको खेतमा बम बिस्फोट भएको इन्सपेक्टर यादवले जानकारी दिए ।उनका अनुसार खेतमा ट्याक्टरले जोतिरहेको बेला ट्याक्टर  बम गाडिएको ठाउँ हुँदै गुज्रिएको बेला विष्फोट भएको उनले बताए ।इप्रकाले जनाएअनुसार ज १ त ९८८२ नम्बरको ट्याकटरले खेत जोतिरहेका बेला बम विष्फोट भएको थियो ।

बम कमसल रहेकोले बिस्फोटबाट कुनै क्षति नभएको र यसबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस