एफए कपको उपाधिका लागि म्यानचेस्टर सिटी र वाटफोर्ड भिड्ने

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौं  २५, चैत । आइतबार राति भएको सेमिफाइनलमा वुल्भ्सलाई ३(२ गोल अन्तरले पराजित गर्दै वाटफोर्डले उपाधिका लागि म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्ने भएको हो ।

वाटफोर्डका लागि जेर्राड डेउलोफेउले दुई र ट्रोए डेनीले एक गोल गरे । यता, वुल्भ्सका म्याट डोहेर्टी र राहुल जेमिनेजले गोल फर्काएका थिए ।एफए कप फुटबलको उपाधिका लागि म्यानचेस्टर सिटी र वाटफोर्डबीच प्रतिस्पर्धा हुने भएको छ ।

यसअघि ३६ औं मिनेटमा डोहेर्टीले गोल गर्दै वुल्भ्सलाई १(० गोलको अग्रता दिलाएका थिए । पहिलो हाफमा १(० गोलले अघि रहेको वुल्भ्सले दोस्रो हाफमा एक गोल थप गरेको थियो । ६२ औं मिनेटमा जेमिनेजले गोल गर्दै वुल्भ्सलाई २(० गोलको अग्रता दिलाए । तर यसपछि भने वाटफोर्डले उत्कृष्ट पनरागमन गर्‍यो ।

निर्धारित समयसम्म दुबै टिमले २ (२ गोलको बराबरी खेलेपछि अतिरिक्त समय थप गरिएको थियो । खेलको १०४ औं मिनेटमा डेउलोफेउले गोल गर्दै वाटफोर्डलाई फाइनलमा पुर्‍याए ।

७९ औं मिनेटमा डेउलोफेउले गोल गर्दै वाटफोर्डलाई २(१ गोलमा ल्याएका थिए । खेलको अतरिक्त समयमा डेनीले पेनाल्टीबाट गोल गरेपछि २ (२ गोलको बराबरी भएको थियो ।

म्यान्चेस्टर सिटीले यसअघि नै ब्राइटनलाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस